शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२८ औं राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी सकियो

सोमबार, ०१ माघ २०७४, १९ : ०७
सोमबार, ०१ माघ २०७४

दाङ– दाङमा मंगलबारदेखि  शुरु हुन लागेको राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।  माघ २ गतेदेखि ६ गतेसम्म हुन लागेको २८ औ राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरेको दाङ जिल्ला फुटबल संघले जनाएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुन लागेको फुटबल प्रतियोगिताको मंगलबार २ गते तुलसीपुर अरनिको मैदानमा उद्घाटन हुँदैछ ।

जिल्लामा हुन लागेको फुटबल प्रतियोगितालाई भब्य एवम् सभ्यरुपमा सम्पन्न गर्नका लागि तुल्सीपुर र घोराही दुवै ठाउँमा तयारी पुरा भएको आयोजक पक्षले जनाएको छ । उद्घाटन खेल तुलसीपुरको अरनिको मैदान र समापन घोराहीको भरतपुर खेल मैदानमा हुने भएका छन् । अन्य खेलहरु भने समेत तुलसीपुर र घोराहीमा हुने फुटबल संघका अध्यक्ष सुशीले श्रेष्ठले बताए ।

प्रतियोगिता अन्तर्गत भोली हुने खेलका लागि खेलाडीहरु समेत जिल्ला आइसकेका छन भने अन्य खेलाडीहरु समेत आउने क्रममा रहेको श्रेष्ठले बताए ।  श्रेष्ठका अनुसार  प्रतियोगिताको उद्घाटन अघि १० बजे तुलसीपुरमा प्रभातफेरिको समेत आयोजना गरिदैछ ।

प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरीको विभागीय टिम र मध्यपश्चिम विकास क्षेत्र बीच  हुने श्रेष्ठले बताए । त्यस्तै मंगलबारनै मध्यमाञ्चल क्षेत्रीय टिम र सुदुरपश्चिमाञ्चल  क्षेत्रीय टिमबीच हुनेछ । त्यस्तै ३ गते तुलसीपुरमा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रीय टिमबीच प्रतिस्पर्धा हुनेछ भने घोराहीमा पूर्वाञ्चल क्षेत्रीय टिम र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । फाइनल खेल माघ ६ गते हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप