शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केटिएम मोबाइलको ग्राण्ड ओपनिङ्ग, खरिदमा ४५ प्रतिशतसम्म छुट सुविधा

मङ्गलबार, ०२ माघ २०७४, १३ : ०२
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं – काठमाडौंको मुटु पाको, न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल आजदेखि संचालनमा आएको छ । नेपालकै सबैभन्दा पुरानो र चर्चित स्थानको रुपमा उक्त क्षेत्रलाई लिइन्छ । 

शोरुमको समुद्घाटन आज सोमबार एक कार्यक्रमका बीच मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गरे । 

मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ्ग प्राइस (एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए । 


नेपालको पुरानो र चर्चित मोबाइल शोरुम मध्येको एक केटिएम मोबाइलले ग्राहकहरुको माग र चाहना अनुसार विभिन्न ब्राण्डका मोबाइल फोनहरु बिक्री बितरण तथा बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।


विगत ६ वर्षदेखि केटिएम ब्राण्डमा संचालित यस मोबाइल शोरुममा नेपालका लोकप्रिय र चर्चित ब्राण्डका कुनैपनि मोडलका फोनहरु उपलब्ध रहेको जनाएको छ । शोरुममा ग्राहकहरुलाई आरामदायी रुपमा आफूले चाहेको मोबाइल खरिद गर्नका लागि सहयोग गर्न मोबाइल क्षेत्रमा अनुभवी र दक्ष कर्मचारीहरु राखिएको आयोजकले जनाएको छ । 


केटिएम मोबाइल शोरुममा कुनैपनि मोबाइल खरिद गर्दा कम्पनीले प्रदान गर्ने वारेन्टि र सुविधाहरु सिधै उपलब्ध गराईएको छ भने ग्राहकहरुलाई कुनैपनि मोबाइल खरिदमा हात खाली नजानेगरि उपहारहरु प्रदान गरिने जनाएको छ । 


त्यसैगरि, मोबाइलसँग सम्बन्धित हरेक प्रकारका एसेसरिज उपलब्ध छन्, भने विभिन्न ब्राण्डका हजार रुपैयाँदेखि  १ लाख ४० हजारसम्मका मोबाइल फोनहरु उपलब्ध रहेका छन् । 

ग्राण्ड ओपनिङ्गको अवसर पारेर कम्पनीले हरेक मोबाइल खरिदमा न्यूनतम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्मको डिस्काउन्ट प्रदान गर्ने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप