बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंका जोडी पाउँदा सुन्टुष्ट प्रदीप

सोमबार, ०१ माघ २०७४, १८ : ५१
सोमबार, ०१ माघ २०७४

काठमाडौं – पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का पहिलो पटक अभिनेत्रीको कामबाट सुन्टुष्ट छन् ।  करिब आधा दर्जन चलचित्र अभिनय दौरानमा धेरै अभिनेत्रीसँग रोमान्स गरेका उनले प्रियंका कार्कीसँगको जोडीबाट आफु सन्तुष्ट रहेको बताए ।


सोमबार राजधानीमा आयोजित चलचित्र ‘लिली बिली’को ‘इट इज लभ...’बोलको गीत रिलिज कार्यक्रममा अभिनेता प्रदीपले प्रियंकाको कामको प्रसंसासमेत गरे ।
‘मैले कहिल्यै पनि चलचित्रमा नायिका यो राख्न पर्छ भनेर निर्मातासँग डिमान्ड गरिन’ कार्यक्रममा प्रदीपले भने, ‘यस अघि कस्ता नायिकासँग काम गरे भनेर सायद तपाईहरुलाई भन्नु नपर्ला ।’

अभिनेत्री प्रियंका आफ्नो रोजाइको अभिनेत्रीसमेत भएको बताएका प्रदीपले थपे ‘म स्कुल पढ्दा मिस टिन हुनु भएकी प्रियंका कार्कीसँग यतीबेला जोडी भएर काम गर्न पाउँदा मलाई साह्रै खुसी लागेको छ ।’ अहिलेसम्म जोडीको रुपमा काम गरेका अभिनेत्री मध्यबाट सबैभन्दा सन्तुष्ट प्रियंकाको कामबाट भएको प्रदीपको भनाई रहेको थियो । 


अभिनेत्री प्रियंकाले पनि प्रदीपको कामको खुलेर प्रशंसा गरिन् । ‘पर्दामा हाम्रो केमेस्ट्रि साँच्चै राम्रो छ । यहाँहरुले लिली बिली हेरेपछि हाम्रो जोडी मिलेको पक्कै पाउनु हुनेछ ।’ कार्यक्रममा रिलिज गरिएको ‘लिली बिली’को गीतको भिडियोमा भने अभिनेता प्रदीपको जोडीमा नव अभिनेत्री जसिता गुरुङलाई देख्न सकिन्छ । बिदेशको बिभिन्न आकर्षक स्थलमा छायाँकन गरिएको गीत र गीतमा रहेको कलाकारको अभिनयलाई कार्यक्रममा धेरैले खुलेर प्रसंसा गरे । 


एलिस कार्कीको सँगीतसँगै प्रताप दाश र मेलिना राईको स्वर रहेको गीतको कोरियोग्राफी कबिराज गहतराजले गरेका हुन् । गीतलाई छायाँकार सुदीप बरालले स्कटल्याण्डको सुन्दर दृष्यमा निकै आकर्षक तवरले छायाँकन गरेका छन् ।  चलचित्रमा प्रदीप, प्रियंका, जसिताको अलवा अनुपबिक्रम शाही, सविन श्रेष्ठ, धु्रबदत्त लगायतको अभिनय रहेको छ । 


मिलन चाम्सको निर्देशन रहेको चलचित्र गोबिन्द शाही र सुदीप खड्काले निर्देशक मिलनसँगको सहकार्यमा बनाएका हुन् ।  चलचित्रको रिलिज मिति १४ बैशाख तोकिएको बितरक समेत रहेका निर्माता शाहीले बताए । ‘दर्शकको चाँहना अनुसार चलचित्र उत्कृष्ट बनाउन बिदेशी भुमिमै छायाँकन सकिएको हो’ निर्माता शाहीले भने ‘ लिलिबिलि मार्फत दर्शकले उत्कृष्ट चलचित्र हेर्न पाउँनेछन् । 

कार्यक्रममा निर्देशक मिलन चाम्सले चलचित्र राम्रो बनेको दाबी गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप