शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निशानद्धारा  स्मार्ट बोल्ड  न्यू टेरानो सार्वजनिक

सोमबार, ०१ माघ २०७४, १८ : ४३
सोमबार, ०१ माघ २०७४

काठमाण्डौ –निशान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेतामा हालसालै नियुक्ती भएको पायोनियर मोटोकर्पले बहुचर्चित तथा विश्वब्यापी लोकप्रिय गाडी कम्प्याक्ट सुभ न्यू टेरानो सार्वजनिक गरेको छ ।

२२ नयाँ आकर्षक बिशेषताहरु रहेको उक्त कार जसले स्मार्ट र वोल्डको अनुभूति ग्राहक वर्गलाई दिलाउने कम्पनीको दावी छ । शानदार  बनोटका साथै यस गाडीका आन्तरीक सजावट अतुलनीय रहेको कम्पनीले जनाएको छ । आजकलको यूवा पुस्तालाई लक्षित गरी सडकमा बोल्ड रुपमा उपस्थिति जनाउन सुभले युवा बर्गका ईच्छालाई आत्मासात गर्ने कम्पनीको आंकलन छ । न्यू टेरानोको मूल्य रु.४२ लाख ९९ हजारदेखि उपलब्ध छन् र अहिले सुरुवात समयमा  काठमाडौं उपत्यका बाहिर आठवटा स्थानबाट बिक्री बितरण गरिने जनाएको छ ।

उक्त गाडी सार्वजनिक कार्यक्रममा शारदा ग्रुपका निर्देशक संदिप शारदाले भने, ‘ग्राहक वर्गहरुको इच्छा र मूल्य मान्यतालाई पूरा गर्ने हाम्रो प्रतिवद्धता द न्यू निशान टेरानोले पूरा गर्ने छ । विश्व प्रख्यात निशान सुभले एकदमै नयाँ आन्तरिक अत्याधिक स्पेस र स्मार्ट बिशेषताहरु सहित  सडकमा बोल्ड उपस्थिति जनाउने छ । यसमा भएको स्मार्ट र बोल्ड विशेषताहरुले  हाम्रा ग्राहकवर्गहरुको ड्राइभिङ आरामदायी, सजिलो र रोमान्चक वनाउने छ । 


 न्यू प्रिमियम डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रीन नेभिगेसन सिस्टम, स्टिेरिङ्ग माउण्टेड अडियो ÷ फोन कन्ट्रोल, वान टच लेन चेन्ज इन्डिकेटर ,एन्टि पिच ड्राइभर साईड विन्डो र न्यू स्टेरिङ्ग व्हिल डिजाइन सहितका २२ नयाँ विशेषताहरु छन् । सबै विशेषताहरुको संयोजनले ड्राइभिङ्गको अनुभव थप आरामदायी र रोमान्चक बनाउने कम्पनीको विस्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप