शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकी सेलेरियोको धुम्म चक्कर टेष्ट ड्राईभ

सोमबार, ०१ माघ २०७४, १८ : ३२
सोमबार, ०१ माघ २०७४

काठमाडौं – सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विव्रmेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सिजी   मोटोकर्पलले टेष्ट ड्रईभिङलाई निरन्तरता दिएको छ ।

पुस महिनादेखि राष्ट्रब्यापी रुपमा संचालन गरेको सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिदैं आएको कम्पनीले जनाएको छ । उपभोक्तालाई खरिद निर्णय लिनुपूर्व पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको  जनाएको छ । 

सुजुकीका आठवटा आधिकारिक शोरुम थापाथली, पुल्चोक, नयाँबजार, बालकुमारी, महाराजगंज, कंलकी, बौद्ध र नक्सालमा सञ्चालन  भइसकेको छ । त्यस्तै,  कम्पनीका अनुसार ५ सय ८२ जना ग्राहकले टेष्ट राईड गरी कार्यक्रममा सहभागी भएका थिए । सहभागी भएका ग्राहकहरुले सकारात्मक धारण व्यक्त गदैै किन्नु अगाडी टेष्ट राईड गर्र्ने सुविधा पाएकोमा खुशी व्यक्त गरेको कम्पनीले जनाएको छ । 


सेल्स, मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तका अनुसार ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको बताए । भावी  सेलेरिया ‘द परफेक्ट फेमिली कार’ नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियानमार्फत बजारमा ल्याएको थियो ।

 

हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर रु. १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने जानकारी कम्पनीले दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप