शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदुरपश्चिम खप्तड गोल्डकपः त्रिभुवन आर्मीले जित्यो उपाधि

सोमबार, ०१ माघ २०७४, १८ : १९
सोमबार, ०१ माघ २०७४

काठमाडौं– सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा हराउँदै आर्मीले उपाधि जित्न सफल भएको हो ।

आइतबारको खेलमा आर्मीले एपीएफलाई ५–४ गोल अन्तरले हराएको थियो । खेलमा सशस्त्रका सुदिप शिख्रकारले गोल गर्न चुकेसँगै आर्मीका विवेक बस्नेतले विनिङ गोल गर्न सफल भएका थिए ।

खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा आर्मीले अर्को विभागीय टिम एपीएफलाई पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप