शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल कतार व्यवसायी संघको अध्यक्षमा चौलागाई निर्वाचित

सोमबार, ०१ माघ २०७४, १८ : ०३
सोमबार, ०१ माघ २०७४

दोहा– शुक्रवार सम्पन्न नेपाली व्यवसायीहरुको भेलाले नेपाल कतार व्यवसायी संघ कतारको स्थापना गरेको छ । उक्त संघको अध्यक्षमा महेन्द्र चौलागाइँ सर्वसहमतिले चैन भएका छन्  । 

नयाँ कार्यसमितिमा डा।देवकाजी डंगोल संरक्षक रहेका छन् भने उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के।सि। रहेका छन् भने महासचिव सागर नेपला, सचिव उमेश अधिकारी, सह–सचिव रमेश भट्ट र कोषध्यक्ष चुडामणी कार्की चयन भएका छन् ।

सदस्यहरुमा नविन सत्याल, डा। नितेस अर्याल, स्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, बिकाश प्रसाइ, पुर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल चुनिएका छन् । 

नव गठित टोलीले १४ जनवरीका दिन नेपाली राजदूतावासमा राजदूत रमेश प्रशाद कोईरालासंग प्रत्यक्ष भेटघाट गरि संघको बारे जानकारी गराएको थियो । उक्त भेटघाटमा राजदूतले नव गठित व्यवसायीहरुलाई बधाई तथा कार्य सफल्ताको कामना दिएका थिए । 

कतारमा विगत सन २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु एक आपसमा समस्य पर्दा आपसिक सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्ने र नेपालमा कतारि व्यवसायीहरुलाई लगानि गर्नको लागि पहल गर्ने जल्ले गर्द नेपालको आर्थिक विकाशमा टेवा पुग्ने विश्वस्तका साथ नेतृत्व लिएको चौलागाइँले बताएका छन् ।

कतारमा करिव एकहजार भन्दा बढी नेपाली व्यवसायीहरु रहेका अनुमान गर्न सकिन्छ । करिब चार लाख नेपालीहरु कार्यरत तथा ईन्डियन व्यवसायीहरुको बाहुल्यता रहेको कतारमा नेपाली व्यवसायीहरुको संख्य न्यून रहे पनि तुलनात्मक रुपमा नेपालीहरुको शिर उच्च राख्न सफल भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप