बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिका जाँदै दक्षिण कोरियाली कुटनीतिज्ञ

सोमबार, ०१ माघ २०७४, १७ : २०
सोमबार, ०१ माघ २०७४

एजेन्सी– दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लाग्नुभएको समाचारमा जनाइएको छ ।  अमेरिकी उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लागेका हुन् । उनले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्। 

विशेषगरी पछिल्लो समयमा उत्तर र दक्षिण कोरियाबीच द्विपक्षीय उच्चस्तरीय वार्ता जारी रहेकै बेला दक्षिण कोरियाली उच्च कूटनीतिज्ञको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

नामले अमेरिकामा रहँदा अमेरिकी उपविदेश मन्त्री जोन सुलिभानसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।  त्यस भेटका क्रममा उनले हालै भएको दक्षिण र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता र त्यसको प्रगतिका विषयमा उप विदेशमन्त्री सुलिभानलाई जानकारी दिनुहुने बताइएको छ । 

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ भने दुई देशका अधिकारीबीच सोमबार पनि सोलमा वार्ता भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप