बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्षदेखि फरार चौधरी प्रहरी नियन्त्रणमा

सोमबार, ०१ माघ २०७४, १७ : १३
सोमबार, ०१ माघ २०७४

काठमाडौं– प्रहरीले कर्तव्यज्यान मुद्धाका फरार अभियुक्त नरेशकुमार कुमाल चौधरीलाई पक्राउ गरेको छ ।  सोमबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले चौधरीलाई पक्राउ गरेको हो । 

चौधरीलाई विशेष सुचनाका आधारमा बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त चौधरीलाई २०६७ जेठ २३ गते दाङ्गको गढवा गाउँपालिका–४ बस्ने ५५ बर्षीय मणिराम कुमाल चौधरी र ५० बर्षीया आशूकुमारी कुमाल चौधरीको हत्या गरेको आरोप लागेको छ ।

उनलाई कानूनी कारबाहीको लागि भन्दै ईलाका प्रहरी कार्यालय गढवा दाङ्ग पठाएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप