बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पपुवा न्यू गिनीमा शक्तिशाली ज्वालामुखी विस्फोट

सोमबार, ०१ माघ २०७४, १६ : २६
सोमबार, ०१ माघ २०७४

एजेन्सी– कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ ।  वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केको बताएपछि उक्त क्षेत्र वरपरका वासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षितस्थलतर्फ लगिएको बताइएको छ । 

यहाँको ज्वालामुखी लामो समयसम्म शान्त रहेको बताइएको थियो । तर आइतबार एक ज्वालामुखी अकस्मात विस्फोट हुन थालेपछि यहाँका टापूहरुबाट करिब १५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

रेड क्रसले जनाएअनुसार उक्त ज्वालामुखी यहाँको कादोभार टापूबाटा निस्किएको हो । गएको करिब एक सातादेखि धुँवा र खरानी बाहिर निस्कन थालेको थियो । तर आइतबार विस्फोट नै भएको छ । 

अहिले पनि ज्वालामुखी विस्फोट हुने क्रम तीव्र भएको छ । त्यसैले यहाँ रहेका बासिन्दालाई अन्यत्र सारिएको छ भने अझै वरपरका कैयाँ नागरिकलाई पनि प्रमुख द्वीपतर्फ लैजानुपर्ने भएको अधिकारीहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप