बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उत्तरकोरिया र अमेरिका बीचको विवादबारे बोल्यो रुस

सोमबार, ०१ माघ २०७४, १६ : २१
सोमबार, ०१ माघ २०७४

एजेन्सी–रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ ।  रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ । 

विदेशमन्त्री लाभरोभले ६ वटा आणविक शक्ति राष्ट्रको सदस्यको हैसियतमा रुसले सो प्रस्ताव गरेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।  सोमबार उनले सो धारणा  राखेका हुन् । हालैका दिनहरुमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा केही सुधार आएको बताइएको छ । 

यी दुई देशले गएको जनवरी ९ मा द्विपक्षीय उच्चस्तरीय वार्ता गरेका थिए । त्यसपछि पनि सोमबार मात्रा पनि यी दुवै देशका अधिकारीहरु द्विपक्षीय वार्तामा बसेका छन् ।  यसरी सम्बन्धमा सुधार आएकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग वार्ताका लागि अमेरिका पनि तयार रहेको धारणा हालैमात्र सार्वजनिक गरेका थिए । 

त्यसैले रुसले उक्त वार्ता भएमा त्यसको सहजिकरणका लागि आफू तयार रहेको धारणा मस्कोको रहेको विदेशमन्त्री लाभरोभले सोमबार सार्वजनिक गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप