शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देवघाटमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

सोमबार, ०१ माघ २०७४, १६ : १२
सोमबार, ०१ माघ २०७४

रत्ननगर– चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।  देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 

बिहान करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।  घटनास्थलबाट करिब ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उहाँको उद्धार गरेको थियो । 

गम्भीर अवस्थामा उद्धार गरिएका उनको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप