शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘समृद्ध नेपालको मार्गचित्र’ सार्वजनिक

सोमबार, ०१ माघ २०७४, १५ : ४६
सोमबार, ०१ माघ २०७४

काठमाडौँ– स्थानीय विकासको सेरोफेरोलाई समेटेर तयार पारिएको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।  नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, साझा पार्टीका नेता गोविन्दनारायण तिमिल्सिनालगायतले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गरेका हुन् । 

जगन्नाथ काफ्लेद्वारा लिखित सो पुस्तकमा गाउँ र नगरलाई आगामी २० वर्षभित्र कस्तो बनाउने भन्नेबारेमा चर्चा गरिएको छ । लेखकले आफूले पढेको र देशविदेश घुम्दा देखेका विषय वस्तुलाई यथार्थ रूपले पुस्तकमा समेटेका छन् । 

करिब १६८ पृष्ठको सो पुस्तकको प्रकाशन खर्च लेखक आफैँले व्यहोरेका छन् । पुस्तक बिक्रीबाट प्राप्त रकम काफ्लेले धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गर्ने जनाएका छन् । 

पुस्तकमा गाउँ–नगर विकासमा जनप्रतिनिधिले गर्नुपर्ने कामका योजनाबारे विस्तृत व्याख्या गरिएकाले स्थानीय जनप्रतिनिधिका निम्ति सो पुस्तक प्रभाबकरी हुने जनाइएको छ ।

 पुस्तकभित्र सामाजिक सुरक्षा, दिगो विकास, स्थानीय निकायमा वित्तीय व्यवस्थापन, सुशासन, कृषि, वन, पूर्वाधार विकास र फोहरमैला व्यवस्थापन गर्ने जस्ता विषय समेटिएका छन् । 

त्यसैगरी स्थानीय निकायका जनप्रतिनिधिले जनताको आकाङ्क्षामा भरोसा राख्ने, छिमिकी गाउँ/नगरसँगको स्वस्थ प्रतिस्पर्धा, आपसी सहयोग, वित्तीय व्यवस्थापन, स्थानीय कर आदिको व्यवस्थापन गर्ने विषयसमेत समेटिएको छ ।  अष्ट ‘ज’ अभियान नेपालले आयोजना गरको सो कार्यक्रममा सहभागी वक्ताले पुस्तकको विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप