बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भन्सार छली भारततर्फ लैजाँदै गरिएको  मदिरा बरामद

सोमबार, ०१ माघ २०७४, १५ : २९
सोमबार, ०१ माघ २०७४

महात्तरी–महोत्तरी प्रहरीले सोमबार अवैध मदिरा बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीको गस्ती टोलीले  डब्लु बि  ०२ भी ५२९२ नम्बरको भारतीय सेतो होण्डा कारबाट लुकाई छिपाइ भारत तर्फलांदै गरेको ३० कार्टुन सोफी नामको मदिरा नेपाल भारतको सीमानाँका मनरासिस्वा नगरपालिका १० बाट  बरामद गरेको हो ।
 मदिरा सस्तो मुल्यमा खरीद गरी  महंगोमा बिक्री गर्ने  उद्देश्यले भन्सार छली लान खोजेको  देखिएको प्रहरीले जनाएको छ । 
 बरामद गरिएको मदिरा जिल्ला  भन्सार कार्यालय महोत्तरीेमा बुझाउने तयारी भैरहेको बताइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप