सुमार्गीको पत्रकार सम्मेलन : कान्तिपुरलाई नजरना नचढाई व्यवसाय गर्न नपाइने नजिर बस्यो
काठमाडौं– उद्यमी अजय सुमार्गीले कान्तिपुरका मालिक कैलाश सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यमी सुमार्गीले आफूले चलाएका संचारमाध्यम प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले ब्ल्याकमेल गरेको आरोप लगाएका हुन् ।
सिरोहियाले सञ्चार माध्यमको दुरुपयोग गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्याएको सुमार्गीको दाबी छ ।
ब्ल्याकमेलिङ प्रक्रियामा मिडिया सोसाइटी प्रयोग भएका भन्दै सुमार्गीले आपित्त जनाएका छन् । ‘ब्ल्याकमेल प्रकरणमा गम्भीरताका साथ सोच्न आग्रह गर्दुछु,’ सुमार्गीले भने ।
सिरोहियाले गम्भीर अपराध गरेको पनि सुमार्गीको भनाई छ ।
यस प्रकरणले कान्तिपुरलाई नजरना चढाएर मात्र व्यवसाय गर्न पाइने खराब नजिर बसेको पनि सुमार्गीको आरोप छ । पाठकहरुलाई कान्तिपुरले विश्वासघात गरिरहेको उनले आरोप लगाए ।
सुमार्गीले भने,
नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन शेयर । यो त्यस्तो सुनौलो शेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्दछ । निज सिरोहियाले मसँग सेयरको सट्टा पुरानै मोलमा जग्गा फिर्ता मागे । निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठानहरू अहिले तैँ चुप मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरूमाथि पनि अपराध गर्न सक्छ ।
सुमार्गीले आफूले प्रचलित कानून पालना गरेको दावी गर्दै कुनै भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण