मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सडक सञ्जाल विस्तार : ११७ किलोमिटरमध्ये डोल्पाको दुनै जोड्न ३ किमी बाँकी

सोमबार, ०१ माघ २०७४, १४ : ३२
सोमबार, ०१ माघ २०७४

रामचन्द्र न्यौपाने

दुनै(डोल्पा)–दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको सेनाले जनाएको छ ।
जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माणकार्य नेपाली सेनाद्धारा तीब्र पारिएपछि डोल्पालीको सडक सपना सेनाले अन्तिम चरणमा पु¥याएको हो ।

जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलम ७ किमी सडकखण्ड मध्ये ११४ दशमलव ७ किमी सडक सेनाले निर्माणकार्य पुरा गरिसकेको छ ।
 
डोल्पाको दुनैसम्म सडक जोड्नकोलागि श्रीविण्डे–त्रिपुराकोट खण्डको तीन किमी मात्रै निर्माणकार्य बाँकी रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए । ‘अहिले जाजरकोट–डोल्पा सडकखण्डको श्रीविण्डे–त्रिपुराकोट खण्डमा सडक निर्माणकार्य भईरहेको छ,उक्त खण्डमा भिर पहरायुक्त भएकाले निर्माण कार्यमा चुनौती भएपनि सेनाले ज्यानको बाजी लगाउँदै काम गरिरहेको छ’पहाडीले बताए । उक्त खण्डका श्रीविण्डे,सिउरेनी,चिप्ले,चुगाड लगाएतका दर्जनौ स्थानहरुमा कम्प्रेसर मेसिन राखेर काम तीब्र पारिएको छ ।
‘अब माघ दोस्रो साता भित्रै रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजार देखि त्रिपुरा सुन्दरी नगरपालिकाको श्रीविण्डेसम्मको सडकखण्ड उद्घाटन गर्ने तयारीमा रहेको र उद्घाटन लगत्तै जीप,ट्रयाक्टर लगाएतका हलुका यातायातका साधन संञ्चालन गरेर जनतालाई राहत दिने लक्ष्य रहेको सेनाले जनाएको छ  ।

सडक निर्माणपछि यातायातको असुविधामा दैनिक उपभोग्य सामाग्री ढुवानी देखि बिरामि पर्दा उपचार गर्नकालागि सुगममा लैजान समेत सहजहुने डोल्पालीको विश्वास छ ।

त्रिपुरा सुन्दरी नगरपालिका ५ का स्थानीय मोती उपाध्यायले सदरमुकाम दुनैसम्म गाडी पु¥याउने काम अन्तिम चरणमा पुगेको भन्दै खुशि व्यक्त गरे ।
‘सदरमुकाम दुनैदेखि छ घण्टामा खदाङ पुगिन्छ,तराई झर्नका लागि हप्तौसम्म जहाज कुर्नु पर्ने बाध्यता पनि हट्दैछ, खदाङसम्म यातायात संञ्चालनमा ल्याईएपछि दुई दिनमै नेपालगंञ्ज पुगिन्छ,डोल्पालीको लागि सबैभन्दा ठुलो खुशिको कुरा हो,यो सबै श्रेय नेपाली सेनालाई जान्छ’ उपाध्यायले भने ।

जाजरकोट–डोल्पा सडकखण्डको रुकुम डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म गत ०७३ साउमा प्रधान सेनापती राजेन्द्र क्षेत्रीद्धारा उद्घाटन गरेर यातायात संञ्चालनमा ल्याईएको थियो ।

गोतामकोटदेखि त्रिवेणीसम्म यातायात संञ्चालनमा ल्याईएपछि तल्लो डोल्पाका जनताहरु प्रत्यक्ष लाभान्वित भएकाछन् भने दैनिक उपभोग्य बस्तुहरु ढुवानीमा समेत सहज भएको मुड्केचुला गाउँपालिकाका स्थानीय सरोज थाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप