शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खानाको कमी, के खान्छन् उत्तर कोरियालीहरू ?

सोमबार, ०१ माघ २०७४, १७ : ००
सोमबार, ०१ माघ २०७४


आफ्नो अनियन्त्रित परमाणु कार्यक्रमका कारण उत्तरकोरियाले कैयौँ किसमका प्रतिबन्ध झेल्दै आएको छ । 

पछिल्लो वर्ष परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदसलगायत कैयाँै देशले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । 

संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिबन्धको माध्यमले उत्तर कोरियाको आय स्रोतमाथि नियन्त्रण गर्ने कोसिस गरेको छ । उत्तर कोरियाबाट कपडा निर्यातमा रोक लगाएको छ । यसबाहेक सीमासम्म मात्र कच्चा तेलको आयातको अनुमति दिएको छ । 

यसबाहेक अमेरिका, दक्षिण कोरिया र जापानले पनि उत्तर कोरियामाथि कैयाँै प्रतिबन्ध लगाएका छन् । 

यी प्रतिबन्धका कारण नै उत्तर कोरियामा आर्थिक सङ्कट आएको छ । देशमा पर्याप्त खाद्यान्न उपलब्ध गराउन कठिनाइ भएको छ । यस्तो अवस्थाबाट मुक्ति पाउनका लागि उत्तर कोरियाका नागरिकहरूले केही नयाँ खाद्यान्न बनाउन सुरु गरेका छन् । 

एक नजर यी विशेष खाद्यान्नमा 

केही वर्ष पहिलादेखि नै उत्तर कोरियामा खान आम समस्या बनेको छ । यही कारणले नै हो यहाँका मान्छेहरूले सामान्य सामग्रीबाट नै विभिन्न किसमका खाना बनाउने विधि सिकेका छन् । 

माथिका तस्बिरमा देखाइएको खानाको नाम हो सोक्काडुजियन । यसलाई साधारण भाषामा क्विक केक पनि भन्छन् । यो केक बनाउनका लागि त्यसलाई बेक गर्न आवश्यक पर्दैन । यो खाना बनाउन समय पनि कम लाग्छ । 

होङ्ग युन हेइ केही समय पहिला उत्तर कोरियाबाट दक्षिण कोरिया भागेकी थिइन् । उनले मकैबाट मिठो केक बनाउँछु भनिन् । 

होङ्ग युन हेई सोलामा एक रेस्टुरेन्ट चलाउँछिन् । उनी भन्छिन् कि उत्तर कोरियामा गरिबहरू आम रूपमा मकै खान्छन् । किन कि यो चामलभन्दा सस्तो हुन्छ ।

होङ्ग युन हेई  आफ्नो रेस्टुरेन्टमा यो खाना बनाएर देखाउँछिन् । यो खाना उनी उत्तर कोरियाका जनतामा खानको कमी भएको समयमा बनाउँछन् । 

यो खानाको नाम इजेक्टर हो । यो साकाहारी प्रोटिन युक्त हुन्छ । यसको अर्को  नाम ह्युमन मेड मिट पनि हो । यो एक साकाहारी मिट जस्तै हुन्छ । जसलाई  सोयाबिनबाट बनाइन्छ । 

यसको नाम इजोगोगिबाब हो । यो इजोगोगी अथवा वेज मिटबाट बनाइन्छ । यसलाई भात अथवा माछासँग खाइन्छ । यो खानामा क्यालोरी धेरै कम हुन्छ भन्ने मान्यता छ तर प्रोटिन र फाइबर भरपुर मात्रमा हुन्छ । 

यो खानाको नाम हो डुबुबाब । यसमा तोफु अथवा सोयाबिन, दूधको पातलो लेपन हुन्छ । साथै चामलको पिठो एक तह पनि हुन्छ । उत्तर कोरियाका नागरिकका लागि यो एक प्रकारको सस्तो स्न्याक्स हो । उनीहरू यसलाई सससँग खान्छन् ।

यो बिस्कुट धेरै मिठो हुन्छ । यो बाहिरबाट नरम र भित्र गिलो हुन्छ । यो पिठो र चिनीबाट बनाइन्छ । कहिले काहीँ यसमा अङ्गुरको पनि प्रयोग हुन्छ । 

यो एक किसमको सस हो, जसलाई विभिन्न तरकारी मिलाएर बनाइन्छ । यसमा चामलका दाना र सुँगुरको रगत पनि मिलाएको हुन्छ । 

कुगसुङ्गा नामक यो खाना भुटेको मकैको फूल जस्तो देखिन्छ । यसलाई सोयाबिनका दानहरू र चिनी मिलाएर बनाइन्छ । उत्तर कोरियाका नागरिकहरू यसलाई धेरै मन पराउँछन् । 

अलसाटोङ्ग बनाउनका लागि चिनी र सिरका मिलाइन्छ । यो खाना विशेष मौकामा मात्र बनाइन्छ, जस्तो किम सुङ्ग इलको जयन्तीमा  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप