बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा मोटरसाईकल चोरीमा संलग्न ८ जना पक्राउ

सोमबार, ०१ माघ २०७४, १४ : १६
सोमबार, ०१ माघ २०७४

काठमाडौं–झापामा चोरी मोटरसाईकलसहित ८ जनालाई नियन्त्रणमा लिइएको छ । 

ईलाका प्रहरी कार्यलय, बिर्तामोडले भन्सार छलेर भित्रिएका ९ वटा मोटरसाईकल सहित ८ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–६ का सुदिप रिजाल, बिर्तामोड–१० का विरेन्द्र लिम्बू, कचनकवल गाउँपालिका–२ का सञ्जोग लिम्बू, कन्काई नगरपालिका–२ का विशाल पुरी, सोही स्थानका अभिषेक मगर, बिर्तामोड–२ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका–२ का ओम प्रकाश सेन्चुरी र भद्रपुर नगरपालिका–२ का युवराज राई रहेका छन् । 

मोटरसाईकल चोरीका घटनाहरु बढेपछि जिल्ला प्रहरी कार्यालयको टोलीसँग सहकार्य गरेर चोरीमा संलग्न हुँदै आएकाहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । 

नियन्त्रणमा लिइएका ९ वटा मोटरसाईकल मध्ये ६ वटाको प्रमाणीकरण भईसकेको छ । प्रमाणीकरण गरिएका ६ वटा मोटरसाईकल मध्ये २ वटा बुलेट, एउटा डियुक र ३ वटा पल्सर रहेको पनि प्रहरीले जनाएको छ । 

पक्राउ परेका समुहले सस्तो मूल्य पाएर मोटरसाईकल खरिद गरेको बयान दिए पनि यातायात व्यवस्था कार्र्यालयमा यी मोटरसाईकलको कुनै पनि कागज वा रेकर्ड नभएको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए । 

 कागज पत्र नभएकाले भन्सार ऐन अन्तर्गत चोरी कार्यमा संलग्नहरुमाथि कार्वाही हुने पनि डिएसपी कोइरालाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप