शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट पैदलयात्रुको मृत्युपछि पृथ्वी राजमार्ग अवरूद्ध

सोमबार, ०१ माघ २०७४, १४ : १०
सोमबार, ०१ माघ २०७४

तनहुँ-   आइतवार विहान बसको ठक्करबाट १ पैदल यात्रीको मृत्यु भएपछि आज सोमबार १२ बजे देखि पृथ्वी राजमार्गको डुम्रे दमौली सडकखण्डको तालघरेमा अवरूद्ध  गरिएको छ । 
आइतबार बिहान ७ बजे पोखरा बाट डुम्रे तर्फ जादै गरेको ना ५ ख ६१०० नम्वरको बसले तनहुँको व्यास नगरपालिका १ दमौली बजार नजिक छाब्दीचोकमा ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको थियो ।

 डुम्रेतर्फ जाँदै गरेको यात्रुवाहक बसले सडक छेउमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो । बसको ठक्करबाट व्यास १० सेवर बस्ने करीब ५० वर्षीय नारायण न्यौपाको घटनास्थल मै मृत्यु भएको थियो । 

न्यौपाने आइतबार दुध बेच्न घरबाट दमौली बजार आउदै गरेका थिए । सोही घटना लाई लिएर स्थानीय बासिन्दाद्वारा पृथ्वी राजमार्ग अबरुद्ध गरिएको छ । 

 बसधनीलाइ दमौली झिकाउनुपर्ने, पिडित पक्ष संग वार्ता गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनु पर्ने लगायतका माग राखी स्थानीय बासिन्दाहरुले राजमार्ग अवरूद्ध
गराएका हुन् । 

राजमार्ग बन्द गरिएपछि  यात्रुहरुबीच बाटामो नै अलपत्र परेका छन् । बस धनी नआए सम्म राजमार्ग बन्द नै रहने स्थानीयले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सइ मनोज पाण्डेले बस धनि संग कुराकानी भैरहेको र दमौलि ल्याउने तयारि भइरहेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप