बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलसँगको सहकार्यको २५ औँ वर्षगाँठमा कार्ल्सवर्गको लिमिटेड एडिसन बियर

सोमबार, ०१ माघ २०७४, १३ : ५५
सोमबार, ०१ माघ २०७४

काठमाडौँ । इंग्ल्याण्डको चर्चित फुटबल क्लब लिभरपुलसँग सहकार्य गरेको २५ औँ वर्षगाँठको अवसरमा कार्ल्सवर्गको नयाँ लिमिटेड एडिसन रेड हप बोतल सार्वजनिक गरिएको छ ।

हायात रिजेन्सीको रक्स बारमा आयोजित एक विशेष कार्यक्रमबीच आइतबार सो बोतल सार्वजनिक गरिएको हो । यो विशिष्ट प्रकारको प्रविधि प्रयोग गरेर तयार गरिएको विशेष प्रकारको वियर रहेको कम्पनीले जनाएको छ । बियर बनाउन प्रयोग हुने मुख्य वस्तुको रुपमा रहेको ‘हप’ यो रेड हप बियरमा विशिष्ट प्रकारको प्रयोग गरिएको पनि कम्पनीको दाबी छ ।

गोर्खा ब्रुअरीका उप प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस विशेष प्रकारको बियरको बारेमा जानकारी दिँदै भने, ‘हामीले लिभरपुललाई हाम्रै अंगजस्तै बनाउने प्रयास गरेका छौँ । किनभने क्लबसँग हामी पछिल्ला २५ वर्षदेखि साथमा छौँ । अक्टोबरमा लञ्च भएको यो विशेष बियरमा लिभरपुलको खेलहरुको फुटेज प्रयोग गरेर कार्ल्सवर्ग रिसर्च ल्याबोरेटरीमा उत्पादन गरिएको हप प्रयोग गरिएको छ ।’

ब्रअरीका मार्केटिङ डाइरेक्टर वैभव शर्माले आफूहरु लिभरपुलसँग यति लामो सहकार्य गर्न पाउँदा गर्वान्वित महसुस गरिरहेको बताउँदै यस बियर लिभरपुलका समर्थकहरु लागि विशेष उपहार हुने बताए ।

कार्यक्रममा लिभरपुलका फ्यान रहेका स्वर्गीय विकास न्यौपानेलाई सम्मान गरिएको थियो । उप प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले न्यौपानेको परिवारलाई लिभरपुल फुटबल क्लबका खेलाडीहरुले हस्ताक्षर गरेको लिभरपुलको जर्सी हस्तान्तरण गरेका थिए ।

लिभरपुल र कार्ल्सवर्गबीच सन् १९९२ देखि सहकार्य हुँदै आइरहेको छ । नेपालमा कार्ल्सवर्ग पहिलो पटक सन् १९९५ मा भित्र्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप