शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शिखरको विन्टर सेल मेलामा ७० प्रतिशतसम्म छुट

सोमबार, ०१ माघ २०७४, १३ : ५०
सोमबार, ०१ माघ २०७४

काठमाडौं– शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्ने सर्वसाधारणको भिड लागेको छ । एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको हो । जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेपछि अब यस्तो मेला नहुने हो कि भन्ने आशंकाले उपभोक्ता सस्तोमा जुत्ताचप्पल किन्न मेलामा आएको बताइन्छ । 

मेलामा शनिबार र आइतबार सस्तो जुत्ता किन्न बाटैदेखि लाइन लागेको थियो । शिखरले भृकुटीमण्डपमा मेला गर्ने भएपछि जुत्ता उत्पादक संघका पदाधिकारीले अबरोध गर्ने प्रयास गरेका थिए । उनीहरुले सुरुमा मेला स्थलमा टेन्ट टाँग्न नदिने अडान लिएका थिए । मेला सुरु भएपछि उनीहरुले खुद्रा ब्यापारीका नाममा केही ब्यक्तिलाई उतारेर मेला स्थलमा धर्नासमेत दिएका थिए । मेला स्थलको स्वामित्व लिएको समाज कल्याण परिसदलाई शुल्क तिरेर बुक गरिसकेकाले जुत्ता उत्पादक सँघको विरोधले मेला गर्न कुनै असर परेन । 

शिखरले मेलामा फ्यक्ट्रीकै मूल््यमा जुत्ताचप्पल उपलब्ध गराएको छ । शिखरले जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुट दिएको छ । शिखर जुत्ताचप्पल उत्पादनमा मुलुककै उत्कृष्ट ब्राण्डका रुपमा चिनिएको छ । त्यसमा पनि सस्तोमा पाएपछि उपभोक्ता खरिद गर्न लाम लागेका हुन् । 

बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ ।

कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेका छौं । यस्तै बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ ।

मेलामा ग्राहकले अविश्वसनीय मूल्यमा जुत्ताचप्पल पाइरहनु भएको छ । मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटीबीच छानेर किन्न पाउने छन् । 
मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप