शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प सम्पन्न

सोमबार, ०१ माघ २०७४, १३ : ४७
सोमबार, ०१ माघ २०७४

काठमाडौं–नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले पुष २४ गते बाट सुरु गरेको मेगा सर्भिस क्याम्प सकिएको छ ।  

महिन्द्राफोर ह्वील गाडीहरुको लागि नेपालभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्थासहितको मेला पुष २८ मा सम्पन्न भएको हो । 

योजनामा निःशुल्क सर्भिसिङ्गका साथै स्पेयर पाटर््स,लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो । कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको थियो । 

साथै ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको थियो । जसमा आँखा, ब्लड प्रेसर, सुगर तथा अन्य साधारण उपचारका सेवाहरु उपलव्ध थिए । मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले विभिन्न ७५ जाँचगरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप