बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

इबोला भाईरसको औषधी पत्ता लगाएको नेपाली युवा बैज्ञानिक संलग्न टोलीको दाबी

सोमबार, ०१ माघ २०७४, १३ : २८
सोमबार, ०१ माघ २०७४

अमेरिका– अमेरिकास्थित जोर्जिया राज्यको विश्वाविद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा.सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको सोधपत्र प्रतिष्ठित  antiviral research जर्नल मा प्रकाशित भएको छ । 

यो आविष्कारले इबोलाको महामारी फैलिए त्यसको रोकथाममा महत्वपूर्ण योगदान गर्नेे विश्वास अनुसन्धानमा संलग्न एघारवटा बैज्ञानिकको टोलीले लिएको छ । संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधी पत्ता लागेको थिएन । 

टोलीले सयौंको संख्याका नयाँ औषधीको अनुसन्धानबाट ५६ सम्भाबित औषधीहरु पत्ता लगाएको हो । जसमा एउटा benzoquinoline समूहको औषधीको बिस्तृत अध्ययन भएको छ । यो औषधी हालै संसारमा तहल्का मचाइराखेको अर्को जीका भाईरसबिरुद्ध पनि प्रभावकारी देखिएको छ ।

बैज्ञानिकहरुका अनुसार यो प्रारम्भिक अनुसन्धानले चाडै नै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ ।  तर बजारमा आउनुभन्दा पहिले यो औषधीको प्रभावकारिताको  थप अनुसन्धान गर्न समय लाग्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप