शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इराकमा दुईवटा आत्मघाती आक्रमण,२६ जनाको मृत्यु

सोमबार, ०१ माघ २०७४, १२ : ५३
सोमबार, ०१ माघ २०७४

एजेन्सी– इराकी राजधानी बग्दादमा सोमबार भएको दुईवटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो । 

पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका पुष्टि गरेका छन् । 

मध्य बग्दादको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरुले सोमबार विहान सबेरै विस्फोटहरु गराएका थिए ।  सिन्ह्वा समाचार समितिका अनुसार भने मध्य बग्दादको ताएयारन स्वाएरमा निर्माण सम्बन्धि कामदारहरु जम्मा भएका इलाका लक्षित विस्फोट भएको थियो । 

यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको र विस्फोटहरु भीषण भएको हुनाले मृतक र घाइतेको सङ्ख्या बढ्ने पनि प्रहरीको अनुमान रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप