शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोमाले चुमिन् मिसेज हिमालयन नेपालको ताज

सोमबार, ०१ माघ २०७४, १३ : २७
सोमबार, ०१ माघ २०७४

काठमाडौं – ‘मिसेज हिमालयन नेपाल २०१८’को पाँचौ संस्करणको उपाधि गोमा अधिकारीले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा उनले १५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमेकी हुन् ।
उपाधी सहित उनले बिभिन्न गिफ्ट ह्याम्पर र सिङापुरमा आयोजना हुने ’मिसेस एसिया प्यासिफिक ईन्टरनेसनल २०१८’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अबसर समेत प्राप्त गरिन् । प्रतियोगीतामा फस्ट रनरअपमा बिन्दु लामा  र सेकेन्ड रनरअप ज्ञावली बने । 
अमेजन इन्टरटेनमेन्टद्धारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन गर्न प्रतियोगीता आयोजना गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप