बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पेरूमा भूकम्प, दुई जनाको मृत्यु, सत्र जना बेपत्ता

सोमबार, ०१ माघ २०७४, १२ : २६
सोमबार, ०१ माघ २०७४

एजेन्सी– पेरुको सामुद्रिक क्षेत्रमा आइतबार विहान ७.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस) ले जनाएको छ ।  भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ । 

अमेरिकी भूगर्भ विभागले पेरूमा आज गएको भूकम्पको प्रारम्भिक धक्का ७.३ म्याग्निच्युड भएको जानकारी गराइएको छ । समाचार तयार पार्ने वेलासम्म भूकम्पका कारण कोही घाइते भएको जानकारी प्राप्त भएको छैन । 

भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको विभागले जनाएको छ । 

अमेरिकी–प्यासिफिक सुनामी सतर्कता केन्द्रले भूकम्प लगत्तै पेरु र चिलीका केही भागमा सुनामीका छाल आउनसक्ने चेतावनी दिएको थियो । तर उक्त केन्द्रले केही समयपछि पुनः विज्ञप्ति जारी गरी भूकम्पका कारण सुनामीको खतरा नदेखिएको जानकारी गराएको छ । 

त्यस्तै,सो भूकम्पमा परी दुई जनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् ।  भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने दुई जनाको मृत्यु भएको छ भने १७ जना भूकम्पपछि सम्पर्कमा नआएको पेरुका स्वास्थ्यमन्त्रीले बताएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप