शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रनवेबाट चिप्लियो, समुद्रको मुखमा अड्कियो : ठूलो दुर्घटनाबाट यसरी जोगियो विमान

सोमबार, ०१ माघ २०७४, ११ : ४०
सोमबार, ०१ माघ २०७४

अनकारा । टर्कीमा एक यात्रुवाहक विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर समुद्रमा खस्नबाट विमान केही मिटरले मात्र जोगिएको हो ।

पेगासस एयरलाइन्सको ७३७–८०० विमानमा १६८ यात्री र विमानका कर्मचारीहरु थिए । दुर्घटनामा परेको विमान टर्कीको अन्काराबाट विमान ब्ल्याक सीको तटमा बनेको ट्राबजोनमा अवतरण गरिरहेको थियो ।

रनवे समुद्रबाट केही उचाईमा मात्र रहेको छ । त्यसको किनारमा माटोको ढलान रहेको छ ।

रनवेमा अवतरण गर्ने वित्तिकै विमानले दिशा परिवर्तन गरेर समुद्रतर्फ मोडिएको थियो । त्यसपछि समुद्रमा खस्नभन्दा केही मिटरमाथि मात्र आएर रोकिएको थियो ।

गर्भनर यावुजले विमानका सबै यात्रुहरुलाई सुरक्षित रुपमा उद्दार गरिएको जानकारी दिए । अधिकारीहरुका अनुसार घटना के कारणले भयो भन्ने जाँच भइरहेको छ ।

विमानमा सवार एक यात्री फातमा गोर्दूले घटना स्मरण गर्दै भनिन्, ‘हामी एकतर्फ झुकेको थियो । विमानको अघिल्लो हिल्ला तल र पछाडिको हिस्सामाथि थियो । मानिसहरु डरले चिच्याइरहेका थिए ।’

दुर्घटनापछि विमानस्थल केही घन्टाका लागि बन्द गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप