बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बन्ने भयो चलचित्र ‘पण्डित बाजेको लौरी’

सोमबार, ०१ माघ २०७४, ११ : १३
सोमबार, ०१ माघ २०७४

काठमाडौं – ‘पन्डित बाजेको लौरी’ नामक चलचित्र निर्माण हुने भएको छ । अधृत फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यो चलचित्र आइतबार राजधानीमा आयोजित एक समारोहमा घोषणा गरियो । 
भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्र दीपक ओलीले निर्देशन गर्न लागेका हुन् । चलचित्र थमनकुमार भण्डारी (राज) र किशोर खड्काले मिलेर बनाउने छन् ।
एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बन्न लागेको चलचित्रले समाजका गहकिला समस्या र घटनालाई समेट्ने कार्यक्रममा निर्देशक वलीले जानकारी दिए ।
मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँरर दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल अमित श्रेष्ठको संगीत रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप