शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ जुनाको ‘तारा बाजी लै लै’

सोमबार, ०१ माघ २०७४, ११ : ०९
सोमबार, ०१ माघ २०७४

काठमाडौं –  गायिका जुना प्रसाँइले नयाँ गीत ‘तारा बाजी लै लै’ ल्याएकी छन् । बालापनाको याद गर्दै जुनाले यो गीत तयार पारेकी हुन् । गीतमा दीपक शर्माले शब्द तथा संगीत रहेको छ । 
गीतको भिडियो पनि तयार गरिएको छ । यूवराज वाइवा निर्देशित भिडियोमा दर्शकले केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाइ, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय देख्न सक्नेछन् । 
निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको सम्पादन छ । जुनालाई दर्शकले ‘नदेखेको भए हुन्थ्यो तिमीलाई’ बोलको गीत पछि बढी नोटिस गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप