शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोसिडाडविरुद्ध बार्साको उत्कृष्ट पुनरागमन, अपराजित यात्रा जारी

सोमबार, ०१ माघ २०७४, ११ : ०७
सोमबार, ०१ माघ २०७४

बार्सिलोना । दुई गोलले पछि परेको स्थिति उल्टाएर रियल सोसिडाडलाई हराउँदै बार्सिलोनाले यो लिग सिजन आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

सोसिडाडको घरेलु मैदानमा भएको खेलमा लुइस सुवारेजको दुई गोलको मद्दतले बार्सिलोना ४–२ गोलअन्तरले विजयी भएको हो ।

विलियम जोसेले सोसिडाडलाई अग्रता दिलाएका थिए भने जुनामीले अग्रता दोब्बर बनाए ।

तर, पहिलो हाफ सकिन लाग्दा पाउलिन्होले गोल गर्दै गोलअन्तर कम गरे ।

खेलको दोस्रो हाफमा भने बार्सिलोनाले गोलको वर्षा गर्यो । सुवारेजले दुई गोल थपे भने अन्त्यतिर लियोनेल मेस्सीले एक गोल थपे ।

जीतसँगै रियलसँग बार्सिलोनाले १९ अंकको अग्रता बनाएको छ । सन् १९९०–९१ यता रियलसँग यति धेरै अंकको दुरी बनाएको बार्सिलोनाले पहिलो पटक हो ।

यसअघि बार्सिलोनाले पछिल्लो दशकमा सोसिडाडमा एक पनि खेल जित्न सकेको थिएन । पछिल्ला सात खेलमा बार्सिलोनाले दुई अंकमात्र बटुल्न सकेको थियो ।

१९ खेलपछि अपराजित रहेको बार्सिलोनाको ५१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिड पनि अपराजित रहेको छ, उसको ४२ अंक रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप