शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीलाई रेफ्रीको लात, उल्टै रातो कार्ड

सोमबार, ०१ माघ २०७४, १० : ४५
सोमबार, ०१ माघ २०७४

पेरिस । पेरिस सेन्ट जर्मेनको पछिल्लो जीत विवादबीच सकिएको छ । रेफ्रीले विपक्षी नान्टेसका खेलाडीलाई लात्तीले हिर्काउनुको साथै उल्टै रातो कार्ड देखाएपछि खेल विवादीत बन्न पुगेको हो ।

रेफ्री टोनी च्यापरनसँगको घटनापछि इन्जुरी समयमा डिएगो कार्लोसले रातो कार्ड खाँदा नान्टेस १० खेलाडीमा सिमित बनेको थियो ।
नान्टेसका अध्यक्ष वालडेमार किटाले रेफ्री च्यापरनलाई ६ महिनाका लागि प्रतिबन्ध गर्नुपर्ने माग गरेका छन् ।

के भएको थियो ?
पिएसजीले नान्टेसको क्षेत्रमा बल लगिरहेको बेला कार्लोस अन्जानमा रेफ्री च्यापरनसँग ठोक्किन्छन् । 

रेफ्री भुइँमा लड्छन् । प्रतिक्रियास्वरुप च्यापरनले कार्लोसलाई लात्ताले हिर्काउँछन् र खेलाडीले विरोध गरेको भन्द खेलको दोस्रो पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाउँछन् ।


 

हेर्नुहोस् भिडियो
 

खेलमा एन्जल डि मारियाले १२ मिनेटमा निर्णायक गोल गर्दै पीएसजीलाई जीत दिलाए । २० खेलपछि शीर्ष स्थानमा पीएसजीले ११ अंकको अग्रता बनाएको छ । पीएसजीको ५३ अंक रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप