शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘होलिडे’: वुद्दि, पवित्रा र गौरबको युरोपमा मस्ती

आइतबार, ३० पुस २०७४, २१ : ४३
आइतबार, ३० पुस २०७४

काठमाडौं – प्रदर्शन मिति तय हुन बाँकी चलचित्र ‘होलिडे’का छायांकन क्रममा केही तस्बिर बाहिर आएका छन् । यूरोपका विभिन्न रमणिय स्थानमा  खिचिएको चलचित्रका तस्बिरहरु सार्वजनिक सँगै निर्माण युनिटले प्रचार समेत थालेको छ । 


कमेडी ड्रामामा निर्माण भएको चलचित्रका निर्देशक बसन्त निरौला रहेका छन् । चलचित्रमा गौरव पहारी, वुद्दि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनि ढुंगानालगायतका कलाकारको अभिनय छ ।


बी.एन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा मन्दिरा श्रेष्ठ, तेजेन्द्र कडेल, हरि कार्कीको लगानी छ भने दिनेश कालिराज यसका कार्यकारी निर्माता हुन् । चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । चलचित्रमा यूवराज चौलागाई र अमित श्रेष्ठको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप