बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

आइतबार, ३० पुस २०७४, २१ : २४
आइतबार, ३० पुस २०७४

काठमाडौँ – नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेशमा सम्पन्न ‘मुभमेन्टस् इन एसिया आर कमिङ् टुगेदर इन ढाका’ बैठकमा सहभागी भई आज स्वदेश फर्किएका छन् । 

उनी बंगलादेश वर्कर पार्टीको निमन्त्रणामा विशिष्ट अतिथिका रुपमा सहभागी हुन यही पुस २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 
 नवउदारवाद तथा विश्वव्यापीकरणको एसिया क्षेत्रमा बढ्दै गएको प्रभाव, जीवन रक्षाका लागि जनताको संघर्ष र प्रजातन्त्रलगायत विषयमा नेता नेपालले धारणा राख्नुभएको उनको सचिवालय सदस्य नितेश पौडेलले जानकारी दिए । 

एक्काइसौँ शताब्दीमा देखिएका समाजवादका चुनौती र अनुभवका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप