शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘रअ’को नाममा ठगीः माताको आश्रममा योजना बन्यो, दोलखाका मन्दिरको सुचना संलकन !

आइतबार, ३० पुस २०७४, २१ : १२
आइतबार, ३० पुस २०७४

काठमाडौं – भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस विङ ‘रअ’ को एजेन्टको रुपमा जागिर लगाईदिने आश्वासन दिएर ठगी गर्ने गिरोहका मुख्य नाइके सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


‘रअ’ को नेपाल एजेन्टको रुपमा काम गर्दा मासिक ७५ हजार तलव हुने भन्दै सप्तरी राजविराजका रमानन्द चौहानसहितका अभियुक्तहरुले पिडीतलाई भारतीय दुतावासको लेटर प्याडमा नियुक्ती पत्र नै थमाएका थिए । चौहानको समुहले नियुक्ती पत्र नै दिएर विगत पाँच महिनादेखि नेपालमा करिब १ सय युवाहरुलाई सुचना संकलनको ट्रायल नै लिएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । महानगरीय अपराध महाशाखा स्रोतका अनुसार ठगहरुले दोलखाका विभिन्न मन्दिरहरुमा डोनेसन गर्ने नाममा पिडीतहरुलाई सुचना संकलन गर्न पठाएका थिए । 


‘मन्दिरमा सुचना संकलन गर्ने भन्दै ‘रअ’को नेपाल बताउने रमानन्द चौहानसमेत दोलखा पुगेको खुलेको छ’ अपराध महाशाखाका एक अधिकृतले भने, ‘पिडीतलाई जनवरी १ देखि उनिहरुको जागिर शुरु हुने भनिएको थियो ।’  

 
प्रत्येक युवाबाट ३ देखि ५ लाख ठग्ने चौहानसहित दोलखाका सन्तोष कार्की, बिनोद कार्की, काभ्रेका पदम बहादुर श्रेष्ठ, रामेछापका चित्र बहादुर श्रेष्ठ र काठमाडौंकी गिता महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । 


माताको आश्रममै बन्थ्यो ठग्ने योजना !


काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज स्थायी घर भएकी ३२ बर्षिय गिता महर्जन माता हुन् । मण्डिखाटारमा उनको आश्रम छ, सोही अश्रममा सो गिरोहले ठग्ने योजना बनाउने गरेको थियो । आश्रममा उपचारका लागि आउनेहरुलाई माध्यम बनाएर माताले मान्छे खोज्ने गर्थिन्, त्यसपछि अन्य सदस्यहरुले पैसाको डिल गर्थे । ‘यो समुहले हरेक ब्यक्तिबाट ३ देखि ५ लाखका दरले ठगेको खुल्न आएको छ’ महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘पिडीतको संख्या १ सयभन्दा बढ्ने देखिन्छ ।’ 


एसएसपी लोहनीका अनुसार मातासहितको गिरोहले ‘रअ’ मा जागिर लगाई दिए बापतको कमिशन भन्दै लाखौं उठाएका हुन् । ५ महिनादेखि सुचना संकलनको काममा लगाएपनि जनवरी १ देखि तालिममा पठाउने भनेर नपठाएपछि पिडीतहरु प्रहरीको शरणमा पुगेका थिए । ‘अहिलेसम्म १५ जनाको जाहेरी परेको छ’ एसएसपी लोहनी भन्छन्, ‘रअ का काठमाडौं चिफ भनिएका पदम लामा फरार छन् ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप