शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण,आयो यस्तो रिपोर्ट

आइतबार, ३० पुस २०७४, १९ : ५१
आइतबार, ३० पुस २०७४

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वास्थ्य परीक्षण भएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा बैंकक पुगेका अध्यक्ष ओलीको त्यहाँस्थित बुमरुमगाड अस्पतालका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

उनको स्वास्थ्य अवस्था ठिक रहेको एमाले निकट पत्रकार विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । पत्रकार रिजालले अध्यक्ष ओलीको जाँचपछिको अवस्था सबै ठिक रहेको जनाएका छन् ।  

स्वास्थ्य परीक्षणकै क्रममा अध्यक्ष ओली अझै केही दिन बैंककमै रहने समेत जनाइएको छ ।अध्यक्ष ओलीसँगै आएका डाक्टरहरु फर्किसकेको पनि पत्रकार रिजालले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप