शिखरको ‘विन्टर सेल मेला’ – १५ देखि ७० प्रतिशतसम्म छुट
काठमाडौं – शिखर सुजले राजधानीको भृकुटीमण्डपमा एक साता देखि चलिरहेको छ । करिब १५ प्रतिशत देखि ७० प्रतिशतसम्म छुट व्यवस्था रहेको शिखर सुजले जनाएको छ । एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको शिखर सुजका म्यानेजिङ डाइरेक्टर रामकृष्ण प्रसाईले बताए ।
केहि दिन अघि मात्र जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिईने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेको थियो । मेला लाग्ने वा नलाग्ने दुविधाका वीच पनि मेला लागेपछिच ग्राहकहरुको बाक्लो भिड लागेको म्यानेजिङ डाइरेक्टर प्रसाईलेबताए ।
अघिल्लो दिन जस्तै शिखरको सेल मेलामा शनिबार र आइतबार पनि भिड नै लागेको थियो । मेलामा सस्तो राम्र्रो जुत्ता किन्न बाटैदेखि लाइन लागेको म्यानेजिङ डाइरेक्टर प्रसाईले बताए । शिखरले भृकुटीमण्डपमा मेला गर्ने भएपछि जुत्ता उत्पादक संघका पदाधिकारीहरु बीच मत बाझिएको थियो । उनीहरुले सुरुमा मेला स्थलमा टेन्ट टाँग्न नदिने अडान लिएका थिए । मेला सुरु भएपछि उनीहरुले खुल्ला ब्यापारीका नाममा केही ब्यक्तिलाई उतारेर मेला स्थलमा धर्नासमेत दिएको उनले आरोप लगाए ।
मेला स्थलको स्वामित्व लिएको समाज कल्याण परिसदलाई शुल्क तिरेर बुक गरिसकेकाले जुत्ता उत्पादक सँघको विरोधले कुनै असर नराखेको उनले बताए ।
शिखरले मेलामा फ्यक्ट्रीकै मूल्यमा जुत्ताचप्पल उपलब्ध गराएको दावी कम्पनीको छ । शिखर जुत्ताचप्पल उत्पादनमा मुलुककै उत्कृष्ट ब्राण्डका रुपमा परिचित रहेको कम्पनीको दावी छ । त्यसमा पनि सस्तोमा उपलब्ध भएपछि उपभोक्ता खरिद गर्न लाम लागेको कम्पनी स्वीकार्छन् ।
बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ ।
कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । यस्तै, बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ ।
मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटी बीच छानेर किन्न पाउने सुविधा रहेको छ । शिखरले सेल मेला लाएको सुनेर राजधानी बाहिररहेका आफन्तको आग्रहमा जुत्ता किन्न आउनेहरु पनि धेरै छन् । मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना