शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिखरको ‘विन्टर सेल मेला’ – १५ देखि ७० प्रतिशतसम्म छुट

आइतबार, ३० पुस २०७४, १९ : ४१
आइतबार, ३० पुस २०७४

काठमाडौं – शिखर सुजले राजधानीको भृकुटीमण्डपमा एक साता देखि चलिरहेको छ । करिब १५ प्रतिशत देखि ७० प्रतिशतसम्म  छुट व्यवस्था रहेको शिखर सुजले जनाएको छ ।  एक सातादेखि भइरहेको मेलामा पछिल्लो समय जुत्ताचप्पल किन्न सर्बसाधारणको भिड बढ्दै गएको शिखर सुजका म्यानेजिङ डाइरेक्टर रामकृष्ण प्रसाईले बताए । 

केहि दिन अघि मात्र जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिईने कि नदिने भन्ने विवाद उत्कर्षमा पुगेको थियो । मेला लाग्ने वा नलाग्ने दुविधाका वीच पनि मेला लागेपछिच ग्राहकहरुको बाक्लो भिड लागेको म्यानेजिङ डाइरेक्टर प्रसाईलेबताए । 

अघिल्लो दिन जस्तै शिखरको सेल मेलामा शनिबार र आइतबार पनि भिड नै  लागेको थियो ।  मेलामा सस्तो राम्र्रो जुत्ता किन्न बाटैदेखि लाइन लागेको म्यानेजिङ डाइरेक्टर प्रसाईले बताए ।  शिखरले भृकुटीमण्डपमा मेला गर्ने भएपछि जुत्ता उत्पादक संघका पदाधिकारीहरु बीच मत बाझिएको थियो ।  उनीहरुले सुरुमा मेला स्थलमा टेन्ट टाँग्न नदिने अडान लिएका थिए । मेला सुरु भएपछि उनीहरुले खुल्ला ब्यापारीका नाममा केही ब्यक्तिलाई उतारेर मेला स्थलमा धर्नासमेत दिएको उनले आरोप लगाए । 

 मेला स्थलको स्वामित्व लिएको समाज कल्याण परिसदलाई शुल्क तिरेर बुक गरिसकेकाले जुत्ता उत्पादक सँघको विरोधले कुनै असर नराखेको उनले बताए । 

शिखरले मेलामा फ्यक्ट्रीकै मूल्यमा जुत्ताचप्पल उपलब्ध  गराएको दावी कम्पनीको छ ।  शिखर जुत्ताचप्पल उत्पादनमा मुलुककै उत्कृष्ट ब्राण्डका रुपमा परिचित रहेको कम्पनीको दावी छ । त्यसमा पनि सस्तोमा उपलब्ध भएपछि उपभोक्ता खरिद गर्न लाम लागेको कम्पनी स्वीकार्छन् ।  


बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ ।

कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । यस्तै, बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ । 

मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटी बीच छानेर किन्न पाउने सुविधा रहेको छ ।  शिखरले सेल मेला लाएको सुनेर राजधानी बाहिररहेका आफन्तको आग्रहमा जुत्ता किन्न आउनेहरु पनि धेरै छन् । मेला आगामी माघ ६ गतेसम्म चल्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप