मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च बारद्वारा नवनियुक्त वरिष्ठ अधिवक्तालाई बधाई

आइतबार, ३० पुस २०७४, १९ : ३८
आइतबार, ३० पुस २०७४

काठमाडौँ– सर्वोच्च अदादत बार एसोसिएनले नवनियुक्त वरिष्ठ अधिवक्तालाई बधाई तथा शुभकामना दिएको छ ।  बारले आज बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी नवनियुक्त २७० वरिष्ठ अधिवक्तामध्ये सर्वोच्च अदालत बारका १३१ वरिष्ठ अधिवक्तालाई कानुनविद् तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले माला लगाएर बधाई दिए । 

सर्वोच्च बारमा आबद्ध वरिष्ठ अधिवक्ताको पदवी पाउनुभएका वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, डा.दिनेश त्रिपाठी, रमण श्रेष्ठ, यदुनाथ खनाल, विजयकान्त मैनाली, विश्वराज पौडेल, अनिता सापकोटालगायतलाई बधाई दिइएको हो । 

न्याय परिषद्को बैठकले तीन महिनाअघि २७० अधिवक्तालाई वरिष्ठ अधिवक्ताको पदवी दिने निर्णय गरेको थियो ।  नेपाल बार एसोसिएनका उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले अदालतको मर्यादामा ध्यान दिन बारले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै बारको क्रियाकलाप सशक्त भएन भन्ने गुनासो बढिरहेको हुनाले एकढिक्का भएर विधिको शासनको पालना गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप