सर्वोच्च बारद्वारा नवनियुक्त वरिष्ठ अधिवक्तालाई बधाई
काठमाडौँ– सर्वोच्च अदादत बार एसोसिएनले नवनियुक्त वरिष्ठ अधिवक्तालाई बधाई तथा शुभकामना दिएको छ । बारले आज बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी नवनियुक्त २७० वरिष्ठ अधिवक्तामध्ये सर्वोच्च अदालत बारका १३१ वरिष्ठ अधिवक्तालाई कानुनविद् तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले माला लगाएर बधाई दिए ।
सर्वोच्च बारमा आबद्ध वरिष्ठ अधिवक्ताको पदवी पाउनुभएका वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली, डा.दिनेश त्रिपाठी, रमण श्रेष्ठ, यदुनाथ खनाल, विजयकान्त मैनाली, विश्वराज पौडेल, अनिता सापकोटालगायतलाई बधाई दिइएको हो ।
न्याय परिषद्को बैठकले तीन महिनाअघि २७० अधिवक्तालाई वरिष्ठ अधिवक्ताको पदवी दिने निर्णय गरेको थियो । नेपाल बार एसोसिएनका उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले अदालतको मर्यादामा ध्यान दिन बारले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै बारको क्रियाकलाप सशक्त भएन भन्ने गुनासो बढिरहेको हुनाले एकढिक्का भएर विधिको शासनको पालना गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार