शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैंकमा अध्यक्ष रायमाझीद्वारा सपथ ग्रहण

आइतबार, ३० पुस २०७४, १९ : ०१
आइतबार, ३० पुस २०७४

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडका नव निर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले आज आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।

 पुस २९ मा सम्पन्न संचालक समितिको बैठकबाट केशवबहादुर रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।  साथै, आजै जनता बैंकमा आयोजित एक कार्यक्रममा २०७४ पौष २८ गते सम्पन्न बैंकको आठौं वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरु लंङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष रायमाझीले सपथ ग्रहण गराए ।

नव निर्वाचित संचालकहरुले आजैबाट पदभार ग्रहण गरे ।   सपथ ग्रहण पश्चात अध्यक्ष रायमाझीले आगामी ५ बर्ष भित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गरीने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप