बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रिपरिषदको निर्णय षडयन्त्रपूर्ण भएको भन्दै सर्वोच्चमा मुद्धा दायर गर्ने तयारी

आइतबार, ३० पुस २०७४, १८ : ५३
आइतबार, ३० पुस २०७४

गोरखा–जिल्लाको भीमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेसाल सारिएको भन्ने मन्त्रिपरिषदको निर्णय षडठयन्त्रपूर्वक भएको भन्दै एउटा समूहले सर्वोच्च अदालतलमा मुद्धा दायर गर्ने भएको छ । गाउँपालिकाको केन्द्र यथास्थानमानै रहनुपर्ने माग गर्दै स्थानीय प्रेमचन्द्र नेतृत्वको समूहले अदालतमा मुद्धा दायर गर्ने तयारी गरेको हो । 

संघर्ष समितिका संयोजक प्रेमचन्द्र श्रेष्ठले कातिक १९ गते बसेको गाउँ कार्यपालिकाको बैठकको सूचि बाहिर गएर निर्णय भएको बताउँदै सूचिमा प्रवेशनै नगरेको विषय निर्णय हुनु आश्चर्यजनक भएको बताए । 

गाउँपालिकाको बैठक सदरकामुकाममा बसेर कृते हस्ताक्षर गरी बहुमत पुर्याएर निर्णय भएको र सोही निर्णय मन्त्रिपरिषदले पास गरेकाले छानबिनका लागि अदालत जान लागेको उनले स्पष्ट पारे ।

भीमसेन गाउँपालिकाको बैठक कात्तिक देखिनै बस्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् । गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले कहिले गोरखा बजार त कहिले गाउँकै चौतारोमा आफ्नो पार्टी निकटका सदस्यहरुलाई मात्र बोलाएर बैठक राखी गाउँपालिका सञ्चालन गर्दै आएको त्यस क्षेत्रका गाउँलेहरुको गूनासो छ ।

प्राविधिक रुपमा बहुमत काँग्रेससँग छ, हामी त्यसलाई स्वीकार गर्छौं तर बैठकमा छलफल गराउनुपर्दछ भीमसेन गाउँपालिकाका अध्यक्षका प्रत्यासी लोकप्रसाद बञ्जराले भने । प्राविधिक बहुमत भएपनि जनमतको बहुमत गाउँपालिकाको केन्द्र बगुवा हुनुपर्नेमा रहेको उनले बताए ।  गाउँपालिकाको माइन्युटमा विविध शीर्षकपछि गाउँपालिकाको केन्द्र सार्ने निर्णय लेखिनु न्यायसंगत नभई जालझेल भएको उनको आरोप छ ।

निर्णय लेख्ने क्रममा प्रस्ताव नं. ७ र निर्णय नम्बर ८ लेखिनु, फरक लिपि र मसिका अक्षर प्रयोग हुनुले गाउँपालिका सार्ने जस्तो महत्वपूर्ण  निर्णय षड्यन्त्रका बीच आएको अर्का एक सदस्य बताउछन् । गाउँपालिकाको केन्द्र बगुवा हुनुपर्दछ भन्ने विषयमा काँग्रेस, एमाले र माओवादीका जिल्ला र स्थानीय तहका नेताहरु एकमत रहेको बताइएको छ । आठ वटा वडा रहेको यस गाउँपालिकाको केन्द्रभाग १ पर्छ की ४,५ पर्छ भन्दै उनीहरुले प्रतिप्रश्न गरेका छन् । 


 उता, बहुमतले  गरेको निर्णय मन्त्रिपरिषदबाट पास भएर राजपत्रमा समेत प्रकाशित भैसकेकोले सोहीअनुसार गाउँपालिका अघि बढ्ने गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप