शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘हाइड्रो र पर्यटनबाट आर्थिक विकास – चन्द्र ढकाल

आइतबार, ३० पुस २०७४, १८ : ४२
आइतबार, ३० पुस २०७४

बेनी – आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाइड्रो र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् ।  म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका  ढकालले उक्त कुरा उल्लेख गरेका हुन् । 

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले एक जिल्ला एक उत्पादन (ओडीओपी) कार्यक्रम संचालन गरेको उल्लेख गर्दै म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख गरे । 

मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको तर, त्यसका लागि झन्झटिला परम्परागत कानुनमा समयानुकुल संसोधन आवश्यक रहेको कुरा जोड
दिए ।

रेमिटेन्स भित्र्याउने जिल्लाको रुपमा म्याग्दी अग्रणी रहेको बताउँदै यसरी भित्रिने रेमिटेन्सलाई सामुहिक लगानीमा आकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन सबैसंग आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप