एभरेष्ट बैंकको साधारण सभा, ३३ प्रतिशत बोनस सेयर पारित
काठमाडौं – एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभाले बैंकको आर्थिक बर्ष २०७३÷०७४को बार्षिक प्रतिवेदन पास गरेको छ ।
साथै, साधारण सभाले बैंकको संचालक समितिले प्रस्ताब गरेको ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांस (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताब अनुमोदन गरेको हो । अब बितरण हुने बोनस सेयरपछि केन्द्रीय बैंकले तोके अनुसार बैंकको चुक्ता पूँजी ८ अर्बभन्दा बढि हुने भएको छ ।
बैंकले बार्षिक साधारण सभाको अबसरमा ५ वटा नयाँ शाखासमेत विस्तार गरेको छ । महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा विस्तार गरेको हो ।
साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ ।
बैंकले साधारण सभाको अबरसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रीय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वती’को समेत सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा