एमाले माओवादी कार्यदलले ३ दिन भित्र राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडलाई टुंग्याउने
काठमाडौं – एमाले र माओवादी केन्द्रद्धारा गठित कार्यदलले ३ दिन भित्र राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडलाई टुंग्याउने तयारी गरेको छ ।
राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका विषयमा गृहकार्य गर्न गठित दुई दलीय कार्यदलको आईतबार बसेको बैठकले बुधबारसम्म राष्ट्रियसभाको निर्वाचनको सिट बाँडफाँडलाई टुंगोमा पुर्याउने गरी छलफललाई अघि बढाएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दुई वटै दलका नेताहरुले निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर आफ्ना प्रस्ताव पेश गरेका थिए ।
राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँड दुवै दलका अध्यक्षहरुसँग परामर्श गरी बुधबार टुंग्याउने गरी छलफल अघि बढाइएको कार्य दलको संयोजन गरिरहेका एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए । बैककमा स्वास्थ्य उपचारका लागि गएका एमाले अध्यक्ष ओली मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । कार्यदलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेर मात्रै राष्ट्रिय सभा निर्वाचनको सिंट बाँडफाँडलाई टुंगोमा पुर्याउने योजना बनाएको हो ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँड बुधबारसम्म टुंगोमा पुर्याउने सहमति गरिएको स्पष्ट पारे । उनले प्रदेश सरकार गठनका लागि आवश्यक छलफल भईरहेको पनि जानकारी दिए ।
बाम गठबन्धनमा आवद्ध दुई दलले राष्ट्रियसभाको निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न एमाले नेता नेम्वाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापा रहेको ६ सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदललाई निर्वाचनको मत परिणामलाई मुख्य आधार बनाएर राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका विषयमा सहमति जुटाउने कार्यदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा