बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेता खनाललाई मातृशोक, काँग्रेसद्वारा दुःख व्यक्त

आइतबार, ३० पुस २०७४, १८ : १७
आइतबार, ३० पुस २०७४

काठमाडौँ– नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद राजु खनाललाई मातृशोक परेको छ ।  दाङ घोराही निवासी पूर्वसांसद खनालका माता दुर्गादेवी खनालको गएराति ८१ वर्षको उमेरमा काठमाडौँको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

उहाँ मधुमेह र मिर्गौला रोगबाट पीडित थिए । स्वर्गीय खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।  स्वर्गीय खनालको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । स्वर्गीय खनालका दुई छोरा र दुई छोरी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप