नेता खनाललाई मातृशोक, काँग्रेसद्वारा दुःख व्यक्त
आइतबार, ३० पुस २०७४, १८ : १७
काठमाडौँ– नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद राजु खनाललाई मातृशोक परेको छ । दाङ घोराही निवासी पूर्वसांसद खनालका माता दुर्गादेवी खनालको गएराति ८१ वर्षको उमेरमा काठमाडौँको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उहाँ मधुमेह र मिर्गौला रोगबाट पीडित थिए । स्वर्गीय खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय खनालको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । स्वर्गीय खनालका दुई छोरा र दुई छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप