शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिडीमा माघे संक्रान्ति मेला सुरु

आइतबार, ३० पुस २०७४, १८ : १३
आइतबार, ३० पुस २०७४

पाल्पा– जेठी,माइली र कान्छी सक्रान्तिको रुपमा मनाइने माघे संक्रान्ति मेला पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा सुरु भएको छ । पाँचदिनसम्म महोत्सवकै रुपमा रुरु क्षेत्रमा माघे संक्रान्ति मेला लाग्ने गर्दछ ।

नेपालकै चारधाम मध्येको एकधामको रुपमा प्रसिद्ध रुरु क्षेत्र धाममा मेलाका लागि स्नान गर्न तथा मेला हेर्नका लागि आजदेखि नै भक्तजनहरुको घूँइचो लाग्न थालेको छ । मेलामा गुल्मी क्षेत्रमा रुरु फेण्डस क्लव तथा पाल्पा क्षेत्रमा समेत विभिन्न संघ संस्थाहरुकोे आयोजनामा महोत्सव लाग्ने गर्दछ । 

रुरु क्षेत्रमा कालीगण्डकी उत्तर बहेका कारण पनि उत्तरबाहीनी नदीमा स्नान गर्नाले पुण्य आर्जन हुने हिन्दू परम्परा र विश्वासका आधारमा हजारौं धर्मावलम्बीहरुको यहाँ घुइचो लाग्ने गर्दछ । मेलामा स्वदेश तथा विदेशका भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

मेलामा स्थनीय तथा राष्टिय कलाकारहरुको प्रस्तुति समेत रहनेछ । जेठी माइली र कान्छी संक्रान्तिका रुपमा मनाइने मेला हरेक वर्ष ५ दिनसम्म चल्नेछ । मेलाका लागि यहाँ देशका विभिन्न स्थानबाट भक्तजनहरु आएका छन् ।

मेलाको लागी रिडी बगरमा पाल्पा र गुल्मी भेगमा अस्थायी पसलहरु बनेका छन् । माघे संक्रान्ति मेलाको लागी दाङ्ग, बाग्लुङ्ग,प्युठान, रोल्पा,रुकुम,स्याङ्गजा, पाल्पा लगाएतका स्थानवाट बास लगायत अन्य स्थानीय उत्पादन लिएर व्यापार गर्न आउने गरेका छन् ।

मेलामा काम्लो, राडीपाखी,ओखर, घा“जी, जडीबुटी, नाङ्गलो, वा“सका सामाग्री मेलामा बिक्रीको लागि राखिएका छन् । माघे संक्रान्तिको लागी रोटी,च्युरा,बटुक,मासु,कवाटी,तरुल,होटलले विषेश प्राथमिकताका साथ यहा“ वन्दोबस्त मिलाएका छन् । रिडीको बगरमा २ सय पचास भन्दा बढी स्टल निर्माण भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप