बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झापा स्पोर्टस् अवार्ड घोषणा

आइतबार, ३० पुस २०७४, १८ : ०४
आइतबार, ३० पुस २०७४

झापा– खेलकुद पत्रकार मञ्च झापाले बिर्तामोडमा वितरण गर्ने झापा स्पोर्ट्स अवार्डका लागि १२ खेलाडी र ३ वटा क्लब मनोनयनमा परेका छन् ।  खेलकुद पत्रकार मञ्च झापाले मनोनयनमा परेका खेलाडी र क्लबको नाममा आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

प्रत्येक चारवटा विधामा ३ जनाका दरले र तीनवटा टीमको मनोनयन गरिएको मञ्चले जनाएको छ । मञ्चको प्रतिभा छनोट समितिका संयोजक पर्वत पोर्तेलले मनोनयनमा परेका खेलाडी र टीमको नाम घोषणा गरेका थिए । वर्ष उत्कृष्ट खेलाडी पुरुषका लागि विभिन्न विधाका ८ जना खेलाडीलाई सूचीमा राखेर तीमध्ये फुटबल खेलाडी विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालका भूपेन्द्र निरौलालाई मनोनयन गरिएको संयोजक पोर्तेलले बताए ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी महिलाका लागि पनि विभिन्न विधाका ४ जना सम्भावित खेलाडीलाई सूचीमा राखेर तीमध्ये क्रिकेटका रुविना क्षेत्री, कराँतेका एस्तर राई र बक्सिङका सुलप मगर मनोनयनमा परेको जनाइएको छ । यस्तै, युवा वर्ष खेलाडीका लागि सम्भावित सूचीमा राखिएका १० जना खेलाडीमध्ये फुटबलका देवेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राईलाई मनोनयन गरिएको छ ।

झापा स्पोर्ट्स अवार्ड २०७३ प्रदान गरिने अर्को विधा वर्ष उत्कृष्ट प्रशिक्षकको रुपमा फुटबलका सञ्जय राई, क्रिकेटका मनोज कटुवाल र कराँतेकी सीता राई मनोनयनमा परेको जनाइएको छ । पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेको छ । स्पोर्ट्स अवार्डबाट विभिन्न विधाका ४ जना खेलाडीसहित एउटा टीम हरेकले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप