शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा खर्च गर्न नपाउने

आइतबार, ३० पुस २०७४, १७ : ५०
आइतबार, ३० पुस २०७४

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचनको प्रचार प्रसारको क्रममा खर्च गर्न पाउने अधिकतम सीमा तोकेको छ । आयोगको आज बसेको बैठकले उम्मेदवारले निर्वाचन प्रचार प्रसारका लागि साढे तीन लाख रुपैयाँ भन्दा बढी खर्च गर्न नपाउने भएको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ६४ बमोजिम निर्वाचन खर्चको अधिकतम हद रु.३,५०,०००।– तोक्ने आयोगले निर्णय गरेको हो । 

यसमा मतदाता नामावली खरिददेखि सवारी इन्धन, घोडालाई प्रयोग हुने दानादेखि प्रचार प्रसार सामाग्रीसम्म रहेका छन् ।

   यसैगरी, आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब  नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ । 

 यस्तै, आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक  पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना २०७४ माघ ३ गतेसम्ममा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा पठाइसक्नु हुन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढाकालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप