शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुटबल संघ दोलखाले चयन गर्यो नयाँ समिति

आइतबार, ३० पुस २०७४, १७ : २६
आइतबार, ३० पुस २०७४

दोलखा– अखिल नेपाल फुटबल संघ दोलखाले नयाँ कार्यसमिति चयन गरेको छ ।  संघको चौथो जिल्ला अधिबेशनले गोबिन्द श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

जिल्ला अधिवेशनले संघको उपाध्यक्षहरुमा राजेश थापा, बलराम जिरेल र जयबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा शान्ति कार्की र खुल्ला सदस्यहरुतर्फ बाबुकाजी बस्नेत, निलकुमार श्रेष्ठ, यमबहादुर थामी, पवन खड्का, शंकर श्रेष्ठ, लालबहादुर तामाङ,अशोक तामाङ र रोशन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । 

कार्यसमितिको पहिलो बैठकले संघका निवर्तमान अध्यक्ष बाबुकाजी बस्नेतलाई एन्फाको महाधिबेशनमा मताधिकार सहितको मुख्य प्रतिनिधि बनाउने निर्णय गरेको छ । साथै संघको महासचिवमा कौरब पाण्डे र कोषाध्यक्षमा बिपिन श्रेष्ठलाई मनोनित गरेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप